काठमाण्डु- मध्यपूर्वमा तनाव चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ।
साउदी अरबमा हुथी विद्रोहीका थप आक्रमण र अमेरिकाले आफ्ना केही कूटनीतिक कर्मचारी तथा उनीहरूका आश्रितलाई साउदी अरबस्थित कार्यालयबाट बाहिरिन निर्देशन दिएपछि तेलको मूल्य बढेको हो।
बिहीबार बिहान १२ः३४ जीएमटीसम्म ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १.२९ डलर अर्थात् १.२ प्रतिशतले बढेर ११०.११ डलर पुगेको छ।
त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट ९डब्लूटीआई० कच्चा तेलको मूल्य ९७ सेन्ट अर्थात् १ प्रतिशतले बढेर प्रतिब्यारेल ९८.१२ डलर पुगेको छ।
यसअघि बुधबारको कारोबारमा ब्रेन्टको मूल्य लगभग स्थिर रहेको थियो । उता डब्लूटीआईको मूल्य ६७ सेन्टले घटेको थियो।
रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वका अन्य केही कूटनीतिक नियोगबाट पनि कर्मचारीका परिवारका सदस्यलाई फिर्ता लैजाने तयारी गरेको छ।
साउदी अरबमा पछिल्ला आक्रमणले सुरक्षा चिन्ता बढाएको छ। देशको दक्षिणपूर्वमा रहेको अरामकोको शैबाह तेल क्षेत्रमा लक्षित ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले खसालेपछि त्यसको भग्नावशेषका कारण दुई जनाको मृत्यु भएको छ । जहाँ अन्य दुईजना घाइते भएका छन्।
त्यस्तै, दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणपछि एक स्थानीयको मृत्यु भएको छ। जहाँ अन्य आठजना घाइते भएको खबर आएको छ।
मध्यपूर्वमा जारी द्वन्द्वले तेल उत्पादन, ढुवानी र आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता बढाएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा थप उतारचढाव ल्याउन सक्छ।


प्रतिक्रिया