सांसद ह्रदयेश त्रिपाठी भन्छन् -कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ !


काठमाडौँ – सत्तापक्षका सांसद ह्रदयेश त्रिपाठीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय खारेज गर्न सुझाव दिएका छन् ।  शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै त्रिपाठीले किसानको हितमा काम गर्न नसकेकोले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय खारेज गर्न सुझाव दिएका हुन् ।

सभामुख महोदय किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ, यो पनि विचौलियाकै पक्षमा काम गर्ने रैछ’ त्रिपाठीले भने । उनले अहिलेसम्म किसानका लागि भनिएको रकम १८ प्रतिशत मात्रै किसानका लागि र बाँकी ८२ प्रतिशत अन्य तामझाममा खर्च भएको दाबी गरे ।

‘२०३४ सालदेखि अहिलेसम्म किसानमाथि १८ र ८२ प्रतिशत अन्य तामझममा खर्च भएको छ, किसानको नाममा खर्च हुन्छ किसानका लागि होइन’ उनले भने, ‘दलहरु पनि किसानमुखी भएनन्, कांग्रेस मध्यमवर्गीयहरुको दल हो, नेपाल कम्युनिष्ट पार्टी सर्वहाराहरुको दल हो, किसानहरु त परेनन् त्यसमा ।’ उनले उखु किसानहरुको समस्या समाधानका लागि सरकारले कुनै ध्यान नदिएको भन्दै विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement