बिचौलिया र न्यायाधीशहरूको नाम जोडिएर आएका समाचारका विषयमा सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्चको आग्रह (विज्ञप्तिसहित)

बिचौलिया र न्यायाधीशहरूको नाम जोडिएर आएका समाचारका विषयमा सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्चको आग्रह (विज्ञप्तिसहित)

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बिचौलिया र न्यायाधीशहरूको नाम जोडिएर आएका समाचारप्रति सर्वोच्च अदालतले ध्यानाकर्षण भएको जनाएको छ ।

सर्वोच्चको सोमबार बसेको पूर्ण बैठकले बिचौलिया र न्यायाधीशहरूको नाम जोडिएर आएका समाचारका विषयमा छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ ।

‘संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिबद्धता हो। यसमा हामी अडिग र स्पष्ट छौँ,’पूर्ण बैठकको निर्णयमा भनिएको छ,‘संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गर्दछौँ।’

‘सार्वजनिक रूपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिना पूर्वाग्रह, निष्पक्ष एवं स्वतन्त्र ढंगबाट संविधान र कानुन बमोजिम छानबिन गरी सत्य, तथ्य सहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौँ, बैठक पछि सर्वोच्चका सहरजिष्टार तथा प्रवक्ता अशोककुमा क्षेत्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

न्यायाधीश र बिचौलिया इनम सापकोटाबीच भएको भनिएको कुराकानी र प्रधानन्यायाधीश शर्माको नामसमेत जोडिएपछि यहि विषयमा छलफल गर्न बैठक बसको थियो ।

बैठकमा प्रधानन्यायाधीश मनोजकुमार शर्मासहित सर्वोच्चमा बहालवाला सबै न्यायाधीश सहभागी थिए ।

छानबिनको निष्कर्ष प्राप्त नहुँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी कुनै पनि समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि सर्वोच्चले आग्रह गरेको छ ।