काठमाण्डु – मधेसमा जनता समाजवादी पार्टी जसपाले सरकारको नेतृत्व मागेको छ।
उपेन्द्र यादवले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीले नेतृत्व गर्नुपर्ने माग राखेका हुन् । उपेन्द्रको मागमा नेकपा सकारात्मक देखिए पनि एमालेले यकिन धारणा दिन सकेको छैन ।
‘सम्भवत उपेन्द्रजीहरूकै नेतृत्वमा सरकार अगाडि बढ्न सक्छ, उहाँले माग्नुभएको पनि हो र हक पनि हो। जसपालाई नेतृत्व दिन हामीलाई समस्या छैन तर एमालेले धारणा दिइसकेको छैन,’ नेकपाका एक नेताले भने, ‘१–२ दिनमै यस विषयमा टुंगो लाग्छ, उपेन्द्रजीहरू निरन्तर संवादमै हुनुहुन्छ ।’
उपेन्द्रलाई मधेसमा सरकारको नेतृत्व मागेको हो भन्ने प्रश्नमा समयले त्यसको जवाफ दिने बताउँछन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले यसबारे मुख खोलेको छैन। छलफल भइरहेकाले अन्तिम निर्णय भइनसकेको ओलीको सचिवालय सदस्य निरु पाले जानकारी दिइन्।
केन्द्रमा अरु प्रदेशमा बाम सरकार अगाडि बढेको छ। केन्द्रको निर्णयअनुसार अरु प्रदेशमा बाम सरकार अगाडि बढेको छ। मधेसमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पनि सरकार गठनको विषयमा छलफल भइरहेको बताइएको छ । तर सिकेले भने ठोस कुनै पनि निर्णय भइनसकेको जानकारी दिए ।


प्रतिक्रिया