एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपिएल) मा शनिबार लुम्बिनी लायन्स र विराटनगर किङ्स खेल्दैछन् ।

खेल साँझ ५ बजे त्रिवि क्रिकेट स्टेडियममा हुनेछ । यो खेलमा विराटनगर पराजित भए चितवन एक खेलअगावै प्लेअफमा पुग्नेछ। विराटनगरको जितले भने चितवनले अन्तिम खेलमा कर्णाली याक्समाथि जित्नैपर्ने दबाबमा हुनेछ। त्यसैले शनिबार लुम्बिनी र विराटनगरबीच खेलको नतिजाको पर्खाइमा चितवन पनि हुनेछ।

लुम्बिनी र विराटनगरले लिगको अन्तिम खेल खेल्दैछन्। लुम्बिनी एक खेल अगावै प्लेअफमा पुगिसकेको छ। प्लेअफमा पुग्न विराटनगरसँग यो खेल जित्नुको विकल्प हुने छैन।

लुम्बिनी भने यो खेल जित्दै पहिलो क्वालिफायर खेल्न चाहन्छ। त्यसअघि जनकपुरको हारले कर्णालीको भने एक खेलअगावै प्लेअफ यात्रा समाप्त हुन पुगेको छ ।