अध्यक्ष प्रचण्ड भन्छन् -समृद्धिको यात्रामा सत्तापक्ष र प्रतिपक्ष एक छौँ

अध्यक्ष प्रचण्ड भन्छन् -समृद्धिको यात्रामा सत्तापक्ष र प्रतिपक्ष एक छौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुनुमन्ते खोलाको सफाइ अभियानले देशभर नयाँ सन्देश दिएको बताएका छन्।

शनिबार हुनुमन्ते खोला सफाइ अभियानको ५१ औँ हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सफाई अभियानले एकताको सन्देश दिएका हुन् ।

अध्यक्ष प्रचण्डले पछिल्लो समय नेपाल विश्वका शक्तिराष्ट्रदेखि सबैको आँखामा परेको बताए। सगरमाथाको देश मात्रै भनेर नभएर आधुनिक लोकतान्त्रिक यात्राको मौलिकतालाई विश्वले ध्यान दृष्टिले हेरीरहेको बताए।

उनले हुनुमन्ते सफाइ अभियानबाट अन्य क्षेत्रका जनताले पनि सिक्न आवश्यक रहेको भन्दै उनले आफूले यो सफाइ अभियानलाई देशर फैलाउन बताए।

सरकार राजनीतिक स्थिरतासँगै विकास र समृद्धिको यात्रामा सत्ता र प्रतिपक्ष एक भएको उनको भनाई थियो। ‘विकास र समृद्धिको यात्रामा सत्तापक्ष र प्रतिपक्ष एक छौँ र एक हुन जरुरी छ’, प्रचण्डले भने।