मुलुकको मुख्य एजेण्डा आर्थिक विकास हुनुपर्छ :डा. रामशरण महत

मुलुकको मुख्य एजेण्डा आर्थिक विकास हुनुपर्छ :डा. रामशरण महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतले मुलुकको मुख्य एजेण्डा आर्थिक क्षेत्र हुनुपर्ने बताएका छन्। नेपाल व्यापार सङ्घले शनिबार टोखामा आयोजना गरेको ‘वनभोज तथा सांस्कृतिक कार्यक्रम’मा उनले मुलुकको विकासका लागि सरकारले आर्थिक क्षेत्रमा विकास गर्नुपर्ने बताए ।

“आर्थिक विकासका लागि उद्यमशीलताको विकास हुनु जरुरी छ,” उनले भने । उदार अर्थनीतिका कारण मुलुक यस अवस्थामा आएको उनको भनाइ थियो । डा. महतले हरेक क्षेत्रमा निजी क्षेत्रको भूमिका बढ्नु मुलुकको आर्थिक विकासका लागि सकारात्मक रहेको बताए ।

मुलुकको विकासका लागि उद्योगी–व्यवसायीको ठूलो भूमिका रहेको भन्दै उद्योगी–व्यवसायीको मागलाई सरकारले सुन्नुपर्ने उनको भनाइ थियो । पूर्वअर्थमन्त्रीसमेत रहेका डा महतले मुलुकको व्यापार घाटा कम गर्न वर्तमान सरकार लाग्नुपर्ने बताए ।