नेकपा पार्टी एकता कार्यदलले सचिवालयसँग माग्यो एक हप्ता

नेकपा पार्टी एकता कार्यदलले सचिवालयसँग माग्यो एक हप्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी एकता सम्बन्धी कार्यदलले एकताको काम सम्पन्न गर्न नेकपा केन्द्रीय सचिवालयसँग एक हप्ताको समय माग गरेपनि बिहीबारको बैठक अनिर्णित बनेको छ । कार्यदलका सदस्यहरुसँग छलफल गरेपछि केहीय समय सचिवालय बैठक बसेपनि बैठक भोलि विहानका लागि फेरि बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालय बैठकमा कार्यदलका संयोगक सहितका सदस्यहरुले एक हप्ता समय माग गरेका थिए । कार्यदलका सदस्य योगेश भट्टराईका अनुसार सचिवालयसँगको बैठकमा कार्यदलमा रहेका सबैले आआफ्नो राय सुझाव दिएका थिए ।
‘कार्यदलले काम सपन्न गनुपथ्र्याे, एकताको काम महत्वपूर्ण थियो भन्ने सबैको भनाई थियो’ भट्टराईले भने, ‘अब कारण भन्दापनि एक हप्ताको समय माग गरेका छौँ ।’

माग गरे अनुसार एक हप्ताको समय दिएमा कार्यदललाई पार्टीले दिए अनुसारको जिम्मेवारी अनुरुपको प्रतिवेदन दिन सक्ने दावी भट्टराईले गरे । दुई महिना भन्दा लामो समयमा नसकिएको काम एक हप्तामा कसरी सम्पन्न गर्न सक्नुहुन्छ भन्ने प्रश्नमा भट्टराईले त्यो सम्भव रहेको बताए ।‘सचिवालयबाट समय प्राप्त भयो भने दिइएको जिम्मेवारी सम्बन्धी सबै विषयलाई टुंग्याएर सिफारिससहित प्रतिवेदन बुझाउँछौं भनेर भनेका छौं, सचिवालयले के निर्णय गर्छ अनि कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्छ,’ उनले भने ।

लामो समयसम्म गर्न नसकेको काम १ हप्तामै कसरी हुन्छ भन्ने प्रश्नमा भट्टराईले भने, ‘कहिलेकाहीँ ३ महिनामा नगरेको काम एकै दिनमा पनि हुन्छ । हाम्रो नेपालमा चमत्कार हुने गर्छ नि त १ त्यस्तै १ हप्ता भयो भने चामत्कारिक ढंगले काम गरेर रिपोर्ट बुझाउँछौं ।’