घुस लिने सशस्त्र प्रहरीका जवान पक्राउ

घुस लिने सशस्त्र प्रहरीका जवान पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरी जवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी बल नेपाल नं ४१ गुल्म हेक्वा ९औधोगिक सुरक्षा, बुटवल, रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र केसीलाई घुससहित पक्राउ परेका हुन् ।

प्रहरी केसीलाई बुटवल उपमहानगरपालिका(७ दिपनगर स्थित बुटवल टपटेन मम एण्ड खाजाघरबाट नियन्त्रणमा लिइएको अख्तियारले पनाएको छ । सामान्य खाजा पसल चलाउने व्यवसायीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरी थुनिदिने भनी घुस लिदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनले सेवाग्राहीबाट १० हजार घुस लिएका थिए ।