श्रेष्ठको घाँटीबाट साढे दुई तोलाको सिक्री लुटियो

श्रेष्ठको घाँटीबाट साढे दुई तोलाको सिक्री लुटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका ४ धम्वाराही बस्ने ५६ वर्षीया क्षत्रमाया श्रेष्ठको साढे दुई तोला सुनको सिक्री सोमबार साँझ लुटपाट भएको छ ।

बाटोमा हिँडिरहेको अवस्थामा हाल नम्बरको नखुलेको निलो रंगको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले क्षत्रमायाले घाँटीमा लगाएको उक्त सुनको सिक्री लुटी फरार भएको बताइएको छ ।

लुटपाटमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।