पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिकामा नौ जनाको सामुहिक हत्यामा संलग्नताको शंका गरिएका मनबहादुर माखिम झुण्डिएको स्थान नजिकै रगतमा लतपतिएको खुकुरी, लुगा र झोला भेटिएको छ ।
माखिम रुखमा पासो लगाई झुण्डिएर मृत फेला परेको स्थान आसपास खोजतलास गर्दा उक्त सामान फेला परेको प्रहरीले जनाएको छ ।
झुण्डिएको स्थानदेखि केही टाढा खुकुरी र कपडा पोको पारेर भिरमा झारीएको अवस्थामा फेला परेको हो । भिरमा फ्यालिएको खुकुरी र कपडामा रगत लागेको छ । हत्याका बेला लगाएको कपडा फेरेर फ्यालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
माखिम हत्या भएका परिवारका कान्छा ज्वाई हुन् । घटनास्थलको प्रकृती, स्थानीयको भनाईका आधारमा माखिमले हत्या गरेको हुन सक्ने प्रहरीले शंका गरेको थियो । माखिम झुण्डिएको स्थान नजिक रगत लागेको खुकुरी र कपडा फेला पर्नुले उनको संलग्नता हुन सक्ने संभावना बलियो भएको प्रहरी अधिकारीले बताएका छन् ।
घटनामा भागेर बचेकी १२ वर्षीया सीता खाजुमले मास्क लगाएको एकजनालाई मात्र देखेको बताएकी थिइन् ।
यो पनि पढ्नुस
पाँचथर हत्या प्रकरणः रुखमा झुण्डिएको अवस्थामा ज्वाइँको शव भेटियो
पाँचथर हत्याकाण्डः सीआईबीको टोली घटनास्थलतर्फ हिड्यो
श्रीमान–श्रीमतीबीच सम्बन्ध बिग्रिएपछि ससुराली नै सखाप !
पाँचथर सामूहिक हत्याकाण्डः भागेर ज्यान जोगाएकी बालिकाले खोलिन घटनाको रहस्य
पाँचथरमा दुई परिवारका नौ जनाको विभत्स हत्या




प्रतिक्रिया