काठमाडौं— थाइल्याण्डमा बसेर ठगी धन्दा चलाउँदै आएका भोजपुरका पर्शुराम गुरुङलाई पक्राउ गरी नेपाल ल्याइएको छ।
कमल, पारस, किम, अधिराज थापा मगर, प्रताप जस्ता ५ उपनाम नामबाट नेपाली युवालाई विभिन्न प्रलोभनमा पार्दै उनले ठगी गर्दै आएका उनलाई थाइल्याण्डस्थित नेपाली राजदूतावास लगायत अन्य सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा थाई प्रहरीले पक्राउ गरेको थियो।
गुरुङविरुद्ध प्रहरीले इन्टरपोलबाट डिफ्यूज नोटिस जारी गर्दै थाईल्याण्डबाट नेपाल ल्याउन २०७२ साल जेष्ठ २२ गते पासपोर्ट रद्ध गरेको थियो ।
सीआईबीका प्रवक्ता सुदीप गिरीका अनुसार बिदेशमा आकर्षक तलब पाउने प्रलोभन देखाइ उनले नेपाली युवालाई सामाजिक सञ्जालबाट सम्पर्क बढाउने र बैदेशिक रोजगारीमा जाने चाहने व्यक्तिको पहिचान गरी विभिन्न ‘जब अफर’ हरु पठाएर फसाउने गरेका थिए । नक्कली भिसा समेत बनाएर ५ देखि २० सम्म असुल्ने गरेको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानबाट उनले करीब १३ करोड ठगी गरेको खुलेको छ ।
उनीविरुद्ध परेको उजुरीहरुको आधारमा सीआईबीले २०७१ सालदेखि मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो ।
सीआईबीका अनुसार हालसम्म ५० जना भन्दा बढी पीडितहरुले बिभिन्न समयमा गुरुङको नाममा मानब बेचबिखन तथा ओसारपसार र ठगी मुद्दामा जाहेरी दिएका छन् भने २०० जना भन्दा बढिले ठगिएको भन्दै निवेदन दिएका छन् ।
त्यसपछि प्रहरीले विभिन्न मिति र समयमा सम्बन्धित निकायहरुसँग अबिछिन्न पत्राचार तथा समन्वय गर्दै आएकोमा चैत १३ गते उनी थाइ प्रहरीको फन्दामा पक्राउ परेका थिए ।
उनीविरुद्ध हालसम्म मानब बेचबि%A




प्रतिक्रिया