मध्यराति धारिलो हतियार प्रयोग गरी युवकको हत्या

मध्यराति धारिलो हतियार प्रयोग गरी युवकको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख – दैलेखमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको हो । महाबु गाउँपालिका–५ का २५ वर्षीय युवक गोविन्दबहादुर सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले बताए ।

सिंहको शनिबार राति ११ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ । हत्या कसले र किन ग¥यो भन्नेबारे खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले बताए । घटनामा संलग्नहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सिंहको राति सुतिरहेको अवस्थामा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक क्षेत्रीले बताए । रासस