सुनसरी – सुनसरीको धरानमा आइतबार दिउँसो गोली चलेको छ । धरान–५ साउनेस्थित जीवन विकास बैंकमा गोली चलेको हो ।
साउनेमा अवस्थित उक्त बैंकबाट करिव ४ लाख रूपैयाँ लुटिएको छ भने गोली लागेर एक जना सुरक्षा गार्ड घाइते भएका छन् ।
‘मोटरसाइकलमा आएको तीन जनाको समूहले सुरक्षा गार्डलाई गोली हानेका थिए । घाइतेको पेटमा गोली लागेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया