काठमाडौं – इलाका प्रहरी कार्यालय मैनापोखरको गस्ती टोलीले लागुऔषधसहित एक भारतीयलाई पक्राउ गरेको छ। बर्दियाको बढैयाताल गाउँपालिका- ८ स्थित कण्ठपुरबाट लागुऔषध ब्राउनसुगर र नाइट्राभेट ट्याबलेटसहित एकजना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक गोपीकृष्ण सुबेदीको नेतृत्वमा रहेको टोलीले भारतको उत्तरप्रदेश राज्य अन्र्तगत जिल्ला बहराईच थाना मोतिपुर तहसिल नानपारा लौकाई ग्राम बस्ने २७ वर्षीय रिजवान बेहनालाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
रिजवानको साथबाट १ ग्राम ४४० मिलिग्राम लागुऔषध ब्राउनसुगर र ४५ वटा ट्यावलेट नाइट्राभेट लुकाइ( छिपाइ राखेको अवस्थामा फेला पारिएको उनले जानकारी दिए। पक्राउ गरिएका भारतीय नागरिकको साथबाट यूपी ४० के ९७३८ नम्बरको मोटरसाइकलसमेत फेला पारेको छ।




प्रतिक्रिया