बम आतंक : नागढुंगामा विस्फोट, लगनखेल र बालकुमारीमा पनि बम

बम आतंक : नागढुंगामा विस्फोट, लगनखेल र बालकुमारीमा पनि बम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ— राजधानी काठमाडौंमा बम आतंक मच्चिएको छ। आइतबार अपराह्न ३ जनाको ज्यान जाने गरी घट्ट्ेकुलो र सुकेधारामा बम विस्फोट भएकोमा अन्य क्षेत्रमा पनि घटना दोहोरिएका छन्।

प्रहरी अधिकारीहरुका अनुसार आइतबार बेलुका काठमाडौँको चन्द्रगिरी नगरपालिकास्थित नागढुंगामा मोटरसाइकलमा बम बोकेर लैजाने क्रममा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बा २८ प ८१४५ नम्बर मोटरसाइकलमा आकाश लामा र बुद्ध लामाले बम बोकेर हिँडिरहेको बेला बम विस्फोट भएको थियो ।

घटनामा आकाश लामा गम्भीर घाइते भएका छन् । लामा विप्लवका कार्यकर्ता भएको खुलेको छ ।