सेवाग्राहीसँग घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर

सेवाग्राहीसँग घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसंग घुस लिएको आरोपमा सप्तरीको सुरूङ्गा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मोहीयानी जग्गा छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग वडाध्यक्ष मियाँ २५ हजार घुससहित पक्राउ परेका थिए । मियाँले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बद्नियतपूर्वक मोहियानी जग्गा र रकमको बार्गे्निङ गरी नियमानुसार गर्नुपर्ने काममा उनले घुस लिएको अख्तियारको दाबी छ ।