बालाजुमा २ लाख लुट्दालुट्दै एक जना पक्राउ

बालाजुमा २ लाख लुट्दालुट्दै एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको माछापोखरीमा पैदलयात्रीको नगद २ लाख रुपैयाँ लुटपाट गर्दै गर्दा एक जना पक्राउ परेका छन् ।

उदयपुर गाईघाट नगरपालिका–७ घर भई हाल टोखा बस्ने २५ वर्षीय बसन्त परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले परियारलाई उक्त नगद लुटपाट गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।