फेसबुक पेजबाट काठमाडौंमा कोठा खाजिदिने भन्दै ठगी गर्ने पक्राउ

फेसबुक पेजबाट काठमाडौंमा कोठा खाजिदिने भन्दै ठगी गर्ने पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमार्फत कोठा तथा फ्ल्याट खोजिदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘रुम एण्ड फ्याल्ट अन रेन्ट इन काठमाडौं’ लेखिएको फेसबुक पेजबाट ठगी गर्ने भोजपुर घर भएका २६ वर्षीय रामचन्द्र भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले उक्त पेजमार्फत् काठमाडौं उपत्यकाका विभिन्न मुख्य स्थानहरूमा रुम तथा फ्ल्याटहरू खाली छन् भन्दै सेवा शुल्कबापत १५ सयदेखि चार हजारसम्म लिने गर्दै आएका थिए ।

उनले आफ्नो आइएमइ पे वालेट र इ–सेवा आइडीमा जम्मा गर्न लगाइ रकम जम्मा भएलगत्तै सम्पर्क्विहीन भई ठगी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

हालसम्म उनले दुई सय ५० जनालाई ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई सोमबार पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको बताइएको छ ।

उनको साथबाट एकर कम्पनीको ल्यापटप एक थान, डेल लेखेको कालो झोला एक थान, विभिन्न कम्पनीको मोबाइल दुई थान, पेन ड्राइभ एक थान, भिन्न बैंकको एटिएम कार्ड ५ थान बरामद भएको छ ।