बालक अपहरण गरी हत्या गर्ने २ जना भाग्न खोजीपछि प्रहरीद्धारा गोली प्रहार

बालक अपहरण गरी हत्या गर्ने २ जना भाग्न खोजीपछि प्रहरीद्धारा गोली प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बालक अपहरण गरी हत्या गर्ने २ जना भाग्न खोजीपछि प्रदेश नं. २ प्रहरी कार्यालयद्धारा गोली प्रहार गरेको छ । प्रहरीको गोली लागेर दुवै आरोपी घाइते भएका छन् ।  प्रदेश नं. २ प्रहरी कार्यालयका अनुसार वीरगंजमा जेठ १० गते घण्टाघरबाट ८ वर्षीय करन साहलाई अपहरण गरेका थिए ।

अपहरणपछि बालकलाई बाराको कलैयास्थित खत्तरटाका नजिक रहेको एक झुपडीमा लगेर बन्धक बनाएको ३ घण्टा पछि करनलाई सम्हाल्न नसकेपछि ३ जना अपहरणकारीले घाँटी थिचेर हत्या गरेका थिए ।  हत्या गर्नुपूर्व करनको भ्वाईस रेकर्ड गरेर केहि दिन देखि करनका बुबा शम्भु साहलाई फिरौती माग्दै आएका थिए ।

घटनामा संलग्न तीनैजना विकास शर्मा, सिकिन्दर र रामदिनेश महतो प्रहरी नियन्त्रणमा छन् । सिकिन्दर र विकास शर्मा दुवै जनाको घुँडामा गोली लागेको छ । उनीहरुको अस्पतालमा उपचार हुँदैछ ।

विरगंज स्थित प्रगतिनगर बस्ने शम्भु शाह कवाडखाना संचालन गर्दै आइरहेका छन् । उनीसँगको रिसइबीका कारण विकास शर्माको समूहले बालकको अपहरणपछि हत्या गरेको अनुमान प्रहरीको छ । अपहरणकारीले शम्भुसंग सुरुमा ५० लाख रुपैयाँको बार्गे्निंग गरेको थियो भने ५ लाख रुपैया दिने कुरामा सहमति भइसकेको थियो ।