प्रहरी निरीक्षकलाई घुस दिन खोज्ने कार्की पक्राउ

प्रहरी निरीक्षकलाई घुस दिन खोज्ने कार्की पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चाउचाउको प्याकेटमा लुकाएर थुनामा रहेका व्यक्तिलाई लागूऔषध दिन खोज्दा पक्राउ परेका व्यक्ति छुटाउन घुस दिन खोज्ने झापाको दमक–१६ का अभिषेक कार्की पक्राउ परेका हुन् । उनले महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घटना मिलाइदिन भन्दै ४० हजार रुपैयाँ दिन खोजेका थिए ।

१३ जेठमा लागुऔषध मुद्दाका थुनुवा कालिकोट राजकोट–६ का नवीन शाही ठकुरीलाई भेट्न जाँदा भाइ पुजन बम ठकुरी र साथी धर्मेन्द्र लिम्बुले चाउचाउमा लुकाएर लागूऔषध लगिदिएका थिए ।

थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीलाई खबर गरेर घुस दिन लागेको रकमसहित अनुसन्धानका लागि बुझाएका छन् ।

अख्तियारले कार्कीको साथमा रहेको १ लाख २० हजार रुपैयाँ पनि बरामद गरेको छ ।