नक्सालस्थित चौरमा रहेको कारमा आगजनी, दुई जना पक्राउ

नक्सालस्थित चौरमा रहेको कारमा आगजनी, दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका–१ नक्साल, भगवती वहालस्थित चौरमा रहेको एक कारमा आगजनी भएको छ । विगत ८–९ महिनादेखि नचलाई राखेको बा.२ च ११२९ नम्बरको तोप्ला युक्याप कम्पनीको कारमा शनिबार दिउँसो आगजनी भएको हो ।

आगजनीबाट कार जलेर पूर्णरुपमा नष्ट भएको छ । आगजनीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।

साथै आगो लगाउने कार्यमा संलग्न रहेको आशंकामा २ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।