ल्यापटप तथा मोबाइल चोरी गरेको अभियोगमा चार जना पक्राउ

ल्यापटप तथा मोबाइल चोरी गरेको अभियोगमा चार जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंका विभिन्न होस्टेलबाट मोबाइल तथा ल्यापटप चोरी गरेको अभियोगमा चार जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखा, टेकुबाट खटिएको प्रहरीले आइतबार पक्राउ उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर नगरपालिका-९ बनगाँउ घर भएका २३ वर्षीय बालकृष्ण चौधरी, काठमाडौं कालोपुल बस्ने सोही ठाउँ घर भएका २३ वर्षीय राजन थापा, काठमाडौं काडाँघारी बस्ने काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका-५ घर भएका २३ वर्षीय शिखर गौतम र काठमाडौं रामहिटी बस्ने उदयपुर रौतामाई गाउँपालिका-१ घर भएका २४ वर्षीय डेबिट भन्ने बिष्णु बहादुर तामाङ रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका ल्यापटप ९ थान र मोबाइल ५ थान समेत बरामद गरेको छ । पक्राउ परेकामध्ये बालकृष्ण र राजन चोरी गर्ने कार्यमा संलग्न रहेको तथा शिखर र बिष्णुबहादुर चोरीको सामान खरिद गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ । पक्राउ उनीहरुलाई थप आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।