खैरो हेरोइनसहित एकजना पक्राउ

खैरो हेरोइनसहित एकजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर – लागूऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई हेटौँडा उपमहानगरपालिका–१ बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–११ का ३१ वर्षीय मिलन परियार रहेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले शङ्कास्पद रुपमा हिँडिरहेका परियारलाई चेकजाँच गर्दा उनले लगाएको पाइन्टको खल्तीभित्र सुर्तीको प्याकेटमा लुकाई छिपाई राखेको लागुऔषध खैरो हेरोइन सात ग्राम बरामद गरेको हो । पक्राउ परेका परियारमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।