महेश सिंह महतो, सिरहा – सिरहाको अधिकांश सरकारी कार्यालयमा सरकारी सेवा लिन सेवाग्राहीले घुस नदिइए कामै नबन्ने अबस्था देखिएको छ । जिल्ला समन्वय समिति सिरहाका एक इन्जिनियर, कल्याणपुर नगरपालिका लगायतका कार्यालयका आधा दर्जन कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।
सिरहाको १७ स्थानीय तह मध्ये १० भन्दा बढी गाउँपालिकामाथि अख्तियारमा उजुरी परेको छ । सिरहाको नापी कार्यालय लहानमा नक्सा बनाएवापत रकम दिँदै ६१ प्रतिशत सेवाग्राहीले सरकारी सेवा लिँदा घुस दिनु परेको तथ्यांक राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको हो ।
सिरहाका सरकारी कार्यालयमा सर्वा्धिक घुस लेनदेन भईरहेको अवस्था देखिएको सतर्कता केन्द्रले गरेको अध्ययनले देखाएको छ । उनीहरुले सामान्य भन्दा सामान्य काम गर्नु पर्दा पनि घुस तिर्नुपर्ने बाध्यता रहेको सिरहाका सरकारी कार्यालयहरुमा रहेको एक तथ्याङ्कले देखाएको छ । घुस लिने क्रममा अख्तियार दुरुपयपोग अनुसन्धान आयोगले एक वर्षमा आधा दर्जन कर्मचारीलाई पक्राउ समेत गरेको छ ।
अख्तियारले लहानको नापी शाखा, घरेलु तथा साना उद्योग कार्यालय, मालपोत कार्यालय, सिरहाको अधिकांश सरकारी कार्यालयमा सेवाग्राहीलाई घुस विना काम नगरिदिने अवस्था रहेको हो ।
सरकारी अड्डामा मौलाएको घूसखोरीले सेवाग्राहीमा असन्तुष्टि पनि चर्को रहेको सतर्कता केन्द्रले गरेको अध्ययनको निष्कर्षले देखाएको छ ।




प्रतिक्रिया