कोटेश्वरमा २१ वर्षीय युवामाथि खुकुरी प्रहार, एकजना पक्राउ

कोटेश्वरमा २१ वर्षीय युवामाथि खुकुरी प्रहार, एकजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं वौद्ध बस्ने दोलखा घर भएका २१ वर्षीय निमा शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने सर्लाही नवलपुर घर भएका २४ वर्षीय विशाल मगररहेका छन् ।

कोटेश्वरस्थित एसओएस मोड नजिक मगर लगायतका ४ जनाको समूहले शेर्पालाई कुटपिट तथा धारिलो हतियार खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

घटना भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मगरलाई पक्राउ गरेको हो ।

घाइते शेर्पालाई उपचारको लागि सिभिल अस्पताल मिनभवन लगिएको छ । घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।