रुपन्देही – रुपन्देहीको देवदह नगरपालिका ८, विशालनगरका २८ वर्षीय सुमन थापाको शनिबार राति हत्या भएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले अज्ञात समूहको कुटपिटबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
मल्लका अनुसार, बेहोस अवस्थामा फेला परेका उनको निधार र छातीमा निलडाम भेटिएको थियो । थापाको मृत्युपछि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
थापाको हत्याबारे प्रहरीले अनुसन्धान सुरू गरेको जनाएको छ ।




प्रतिक्रिया