काठमाडौँ– एमालेले प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । उसले १३६ मध्ये ११६ स्थानीय तहमा उम्मेदवार छनोट गरेको हो ।
कांग्रेस, माओवादी लगायतका दलले उम्मेदवारको टुंगो लगाउन नसकेका बेला एमाले भने उम्मेदवारको नामसहित मैदानमा उत्रिएको हो । विरगंज महानगरपालिको मेयरमा बसुरुद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई अघि सारेर एमाले यतिबेला प्रचारप्रसारमा व्यस्त छ । त्यस्तै सिराह, सप्तरी र पर्सा जिल्लामा पनि उम्मेदवारहरु फिल्डमा उभिसकेको एमालेको भनाइ छ ।
तीनवटा उपमहानगरपालिकामा भने उम्मेदवार तय हुन बाँकी छ। जनकपुरमा कांग्रेस नेता तथा पूर्वमेयर बजरंग शाहलाई एमालेमा प्रवेश गराएर टिकट दिने तयारी भएको उच्च स्रोतको दाबी छ ।
एमालेले प्रदेश नम्बर २ मा ६० देखि ६२ स्थानीय तह जित्ने लक्ष्य राखेको स्रोत बताउँछ । एमाले सकभर एक्लै चुनाव लड्ने मनस्थितिमा छ ।




प्रतिक्रिया