कर्मचारी हुन कि एजेन्ट ?

कर्मचारी हुन कि एजेन्ट ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – भन्सार कार्यालय। आइतबार बिहान ९:५० बजे। भन्सार राजस्व बुझाउन र सवारीसाधनको अस्थायी पैठारी अनुमतिपत्र लिन खचाखच सेवाग्राही। भीडमा सेवाग्राहीभन्दा बिचौलिया बढी छन्।

सबा १० मा राजस्व बुझाउने काउन्टरमा एक कर्मचारी छिर्छन्। राजस्व तिर्न फाराम भर्ने कर्मचारी नहुँदा सेवाग्राही अलमलमा पर्छन्। तर ठूला व्यापारीको राजस्व बुझाउन फाराम भरेर सलबलाइरहेका बिचौलियाको काम भने फटाफट हुन्छ।

फाराम भर्न र लेख्न नजान्ने सेवाग्राहीचाहिँ कर्मचारी नआउँदा घन्टौं पर्खिरहन्छन्। उनीहरूको काम ११ बजे फाराम फाँटमा छिरेका कर्मचारीबाट बल्ल सुरु भयो। बिचौलिया आफंैले फाराम भर्छन् र राजस्व बुझाउँछन्। कर्मचारी आङ तान्दै र मोबाइल चलाउँदै बस्छन्।

उनीहरूबाट फाट्टफुट्ट पुग्ने पोके व्यापारीको फाराम भर्ने मात्रै काम हुन्छ। अन्य फाँटभन्दा फाराम भर्ने फाँटका कर्मचारी यहाँ फुर्सदिला भेटिए। एजेन्टका लागि भर्ने फाराम र विवरण टिप्ने खाताबाहिर राखेर फाराम भर्ने फाँटका कर्मचारीले आरामसँग दिन बिताए।

सँगै रहेको भन्सार महसुल बुझाउने स्थानमा पनि सर्वसाधारणभन्दा बिचौलियाको काम पहिले हुँदा राजस्व बुझाउनै मन नलाग्ने भन्सार कार्यालयअघि भेटिएका विराटनगर १५ का नारायण यादवले गुनासो गरे। उनले जोगबनीबाट ९ थान साडी किनेर ल्याएका थिए। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।