श्रीलंकाका लागि राजदूत प्याकुरेलको राजीनामा

श्रीलंकाका लागि राजदूत प्याकुरेलको राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकाका लागि नेपाली राजदूत प्रा।डा। विश्वम्भर प्याकुरेलले परराष्ट्र प्रशासनप्रति असन्तुष्टि देखाउँदै पदबाट राजनीनामा दिएका छन्। प्याकुरेल परराष्ट्र कर्मचारी कामप्रति गम्भीर नरहेको र व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित भएको आरोप लगाएका छन्। उनको राजीनामा स्वीकृत भएको छ।

‘राजदूतले कुनै पनि कर्मचारीको मूल्यांकन गर्न नपाइने, होस्ट सरकार (श्रीलंका)का मन्त्रीहरु मलाई भेट्न आउने तर नेपाल सरकारका कर्मचारीले आफूले नियमित पठाएको प्रतिवेदनको उत्तर नदिने भएपछि पद ओगटेर बस्नुको औचित्य नभएर राजीनामा दिएँ,’ प्याकुरेलले भने, ‘सरकार र राजनीतिक नेतृत्वप्रति मेरो गुनासो छैन।

तर, कूटनीतिक सेवाका कर्मचारीलाई यसरी नै छोड्ने हो भने उनीहरुले मुलुकलाई भड्खालोमा पार्छन्। कर्मचारी कुनै विषयमा गम्भीर छैनन्।’ यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।