युरोप पठाईदिन्छु भनी ठगी गर्ने एक पक्राउ


काठमाडौं – युरोप पठाईदिन्छु भनि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका ४ देवौली घर भई हाल काठमाडौं महानगरपालिका धापासी बस्ने ३१ वर्षीय नबिन कुमार चौधरी रेहेका छन् ।

आकर्षक तलव हुने वर्किङ भिषामा युरोप पठाइदिन्छु भनि विभिन्न प्रलोभनमा पारी ठगी गरेको अभियोगमा उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले विभिन्न व्यक्तिबाट करिब ५१ लाख ५० हजार रुपैयाँ उठाँएका थिए । उनीहरुलाई चौधरीले काठमाडौं हुँदै भारतसम्म पुर्‍याई अलपत्र पारी फरार भउका थिए । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं टोखा नगरपालिका ६ बाट चौधरीलाई फेला पारी पक्राउ गरेको हो ।

चौधरीलाई आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement