दशैँमा गाउँ फर्कनेको लर्को

दशैँमा गाउँ फर्कनेको लर्को

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – दशैँको रौनक सहर र गाउँमा धपक्कै ढाकिसक्यो । घरआँगन सफाइला बनेका छन् । गाउँघरका डाँडाका चउर र मैदानमा लिङ्गे पिङ मच्चिन थालिसके । घरघरमा मीठामसिना पाकेको सुवास फैलँदै छन् । विदेशिएका घरमूली घरफिरेपछिको खुसी गाउँमा बिछट्टै बढेको छ । सहरमा काम गरी दशैँ मनाउन गाउँ फिर्नेको लर्को लामो छ ।

विद्यालय छुट्टी भएर बालबालिका नयाँनयाँ कपडामा सजिँदै घरआँगनमा दौँतरीका साथ रमाउँदै छन् । मोबाइल, कम्प्यटुर, इन्टरनेटजस्ता आधुनिक प्रविधिले सहरका बालबालिकाको मौलिक दशैँ भने ओझेल परेको छ तर भर्खरै गाउँबाट नगर बनेको चाँगुनारायणको डाँडाका बालबालिकाले भने पुरानो दशैँको छनक दिने माहोल छाडेका छैनन् ।

यस्तै रमाइलोमा भुल्दै गरेका चार जना बालबालिका भक्तपुरको चाँगुनारायण मन्दिरकै आसपास खेल्दै थिए । तीमध्ये एक समिर तामाङ आमाले किनिदिएको नयाँ चङ्गा हावातिर सोझाउँदै थिए । डाँडाको टुप्पोमा हावा कतिखेर कताबाट र कतिखेर कताबाट हुरुरु आउँथ्यो । समिरको चङ्गा हावा भएतिरै कहिले यता त कहिले उता गरेर उड्थ्यो । हावाको वेगसँग चङ्गाको लय मिलाउन उनलाई हम्मेहम्मे परिरहेको थियो । याे खबर गोरखापत्र  दैनिकमा छ ।