काबुलबाट फर्कंदा दिल्लीमा पक्राउ

काबुलबाट फर्कंदा दिल्लीमा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली – काबुलको ग्रिन भिलेज क्याम्पमा कार्यरत लमजुङका सोम गुरुङ सुरक्षा खतरा बेहोर्दै घर फर्कने क्रममा दिल्ली विमानस्थलमा पक्राउ परेका छन् । लगेजमा एउटा खोका (गोली) भेटिएपछि उनलाई पक्राउ गरिएको हो ।

एक महिनाअघि अफगानिस्तानको राजधानी काबुलमा भएको आतंकवादी हमलामा ग्रिन भिलेज क्याम्पमा कार्यरत २ नेपालीको ज्यान गएको थियो । त्यसपछि त्यहाँ कार्यरत १ सयभन्दा बढी नेपाली सुरक्षाकर्मी घर फर्किसकेका छन् ।

‘हामी १७ जनाको टोली गत सोमबार दिल्ली ट्रान्जिट हुँदै नेपाल वायुसेवा निगमबाट काठमाडौं फर्कने क्रममा थियौं,’ बागलुङ घर भएका जीवन पाण्डेले कान्तिपुरलाई भने, ‘अचानक हाम्रा साथी सोम गुरुङलाई डिपार्चर वेटिङबाट पक्राउ गरेर लगिएको छ, अहिलेको स्थिति थाहा छैन ।’

उनका अनुसार गत महिना भएको आतंकवादी हमलाका कारण उछिट्टिएर बन्दुकको एउटा गोली (खोका) सोमको ब्यागमा परेको उनले बताए । यसबारे दिल्लीस्थित नेपाली दूतावासलाई पनि जानकारी गराइएको छ । याे समाचार कान्तिपुर दैनिकमा छ ।