वरिष्ठ पत्रकार आचार्यको निधन

वरिष्ठ पत्रकार आचार्यको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको  निधन भएको छ। पत्रकार राजेन्द्रदेव आचार्यको ६१ वर्षको उमेरमा निधन भएकाे हाे ।

उनी कलेजोको समस्याबाट पीडित थिए। उनको उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताएकाे छ।

दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई आचार्य नायब महाप्रबन्धकबाट अवकाश पाएका थिए। उनी हाल न्यूज २४ टेलिभिजनको समाचार प्रमुख थिए।