चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि सिँगारिँदै काठमाडौँ

चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि सिँगारिँदै काठमाडौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङको एकदिने नेपाल यात्रामा राजधानी काठमाडौँलाई सुन्दर बनाउने कार्य अगाडि बढाएको छ । राष्ट्रपति सी आउने रुटमा सरकारले बाटो पिच गरी खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ भने सडक र त्यस आसपासमा रङरोगन गर्ने कार्य पनि तीव्र गतिमा अगाडि बढेको छ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उनी बस्ने होटलको बाटोमा पर्ने तीनकुनेको खाली जग्गालाई पूर्णरुपमा निर्मित पार्कको रुपमा विकसित गर्न र त्यहाँ फूल र हरिया झाडी बनाउने क्रम जारी भैरहेको छ।

माइतीघरदेखि सो क्षेत्रसम्म सडकको बीचमा रहेको बगैँच पनि गोडमेल गरिएको छ भने खाली रहेका ठाउँमा फलफूलका विरुवा रोपिएको छ।