अध्यक्ष प्रचण्ड र गृहमन्त्रीबीच भेटः महरा प्रकरणमा निष्पक्ष छानविन गर्न निर्देशन

अध्यक्ष प्रचण्ड र गृहमन्त्रीबीच भेटः महरा प्रकरणमा निष्पक्ष छानविन गर्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको प्रकरणमा निष्पक्ष छानबिन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापालाई आग्रह गरेका छन्।

सभामुखबाट राजीनामा दिएका कृष्ण महराको प्रकरकणमा निष्पक्ष छानविन गर्न नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका हुन् ।  आइतबार बिहान गृहमन्त्री थापालाई आफ्नो निवास खुमलटारमा बोलाएर उक्त प्रकरणको निष्पक्ष छानबिन गर्न आग्रह गरेको बताइएको छ। प्रचण्डको सचिवालय स्रोतले भन्यो, ’उक्त प्रकरणले व्यापक चर्चा पएपछि अध्यक्षले गृहमन्त्रीलाई निष्पक्ष छानबिन गर्न आग्रह गरेका हुन् ।

महरामाथि निष्पक्ष अनुसन्धान गरेर दोषी देखिएमा कानुनअनुसार कारबाही गर्न गृहमन्त्रीलाई अध्यक्ष प्रचण्डले आग्रह गरेको स्रोतले जानकारी दियो। प्रचण्डले उक्त प्रकरणमा पार्टीबाट कुनै पनि दबाब नआउने र सरकारी सुरक्षा निकायले गरेको छानबिनलाई पार्टीले सघाउने पनि प्रतिबद्धता व्यक्त गरेका थिए।

गृहमन्त्री थापाले नेपाल प्रहरीले उक्त प्रकरणको छानबिन गरिरहेको अध्यक्ष प्रचण्डलाई जानकारी दिएका थिए। महरालाई गत आइतबार शाहीको कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप लगेको छ।  महराविरुद्ध शाहीले यौन दुर्व्यहार गरेको उजुरी दर्ता गरेकी छन्। यौन दुर्व्यवहारको आरोप लागेसँगै महराले सभामुखबाट राजीनामा दिएका छन्। नेपाल प्रहरीले उक्त प्रकरणमा छानबिन थालेको छ।