माथिल्लो त्रिशुलीलाई ५१ अर्ब

माथिल्लो त्रिशुलीलाई ५१ अर्ब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजना बनाउन विभिन्न नौ वटा विदेशी संस्थाले करिब ५१ अर्ब रुपैयाँ (४५ करोड ३१ लाख ४० हजार अमेरिकी डलर) लगानी गर्ने भएका छन्। रसुवामा निर्माण हुन लागेको यो आयोजना बनाउन लगानीकर्ता र आयोजना विकासकर्ता नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीबीच शुक्रबार ऋण लगानी सम्झौता भएको छ।

अर्थमन्त्री युवराज खतिवडा र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको उपस्थितिमा नौ वटै अन्तर्राष्ट्रिय वित्तीय साझेदारबीच सम्झौता भएको हो। सम्झौतामा नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत र सम्बन्धित विदेशी लगानीकर्ता कम्पनीका प्रतिनिधिबीच हस्ताक्षर भएको हो। यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।