बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै, उम्मेदवार टुंगो लगाउने

बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै, उम्मेदवार टुंगो लगाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा बस्दैछ ।

आज (शनिबार) बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको छ ।

आजको बैठकका एजेण्डाका विषयमा प्रधामन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलसँग शुक्रबार छलफल गरेका थिए ।

प्रचण्ड र पोखरेलसँगको कुराकानीपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले शनिबार बिहान १० बजेका लागि सचिवालय बैठक बोलाएका हुन् ।

बैठकमा पार्टी एकताका बाँकी कामको विषयमा छलफल हुनेछ । आजको बैठकले उपनिर्वाचनका लागि उम्मेदवारकोसमेत टुंगो लगाउने सम्भावना रहेको छ ।