छठ पर्वले मानवीय भावनालाई अझ व्यापक बनाउँछः प्रधानमन्त्री ओली

छठ पर्वले मानवीय भावनालाई अझ व्यापक बनाउँछः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताएका छन् ।

छठ पर्वको अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले छठलाई कृतज्ञता,प्रकाश र जीवनको चाडको रुपमा पनि स्मरण गरेका छन् ।

‘यो कृतज्ञताको चाड हो । यो प्रकाशको चाड हो । यो न्यानोपनको चाड हो । यो जीवनको चाड हो । यो सृष्टिको चाड हो’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘यो सम्पूर्ण सृष्टिप्रति सर्वाधिक बढ्ता योगदान र गुण भएका सूर्यको स्तुती गर्ने चाड हो । र, यसले मानवीय भावनालाई वास्तविक अर्थमा व्यापक बनाउन मद्दत्त गर्ने चाड हो ।’

प्रधानमन्त्री ओलीले छठ पर्वले मानव जीवनलाई उज्यालोतर्फ जान र सुख समृद्धितर्फ जान उत्प्रेरित गर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘छठ पर्वले सूर्यको आराधना, प्रार्थना गरेर मनाउने र सूर्यबाट आपूmले पनि तमसोमा ज्योतिर्गमय भनेर उज्यालो तर्फ जान, सुख,समृद्धि तर्फ जान प्रेरित गर्दछ ।’

छठ पर्वमा खासगरी सूर्यलाई भगवानको रुपमा पुजा गरिने स्मरण गर्दै प्रधानमन्त्री ओलीले सूर्यलाई नवग्रहकै उत्पत्ति कर्ता, सृष्टिकै उत्पन्न कर्ताको रुपमा आदिदेवको रुपमा सम्झना गरिने उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले सन्देशमा स्वेदश तथा विदेशमा बसेर छठ पर्व मनाउने सबैप्रति सुस्वास्थ्य,दिर्घायू र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।