काठमाडौं – काठमाडौंको चोभारबाट महानगरीय अपराध महाशाखाले मेड इन युएस पेस्तोल र पाँच राउन्ड गोलीसहित तीन जनलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले बिहीवार ३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का रहेका छन् । बा१७च ८३६४ नम्बरको महिन्द्रा कम्पनीको गाडीबाट पेस्तोल र गोलीसहित उनीहरुलाइ पक्राउ गरेको हो । पेस्तोल देखाएर लुटपाट मच्चाएको आशंकामा प्रहरी टोलीले तीनै जनालाई पक्राउ गरेको छ ।




प्रतिक्रिया