विराटनगरमा १८ जना सांसदलाई फेसबुक चलाउन तालिम दिइयो

विराटनगरमा १८ जना सांसदलाई फेसबुक चलाउन तालिम दिइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश नं १ का १८ सांसदलाई फेसबुक एवं ट्विटर जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न तालीम दिइएको छ । इनोभेटिभ भिजनद्वारा आयोजित तथा संसद् सहयोग परियोजनाको सहकार्यमा प्रदेशसभा सदस्यहलाई सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएका सामाजिक सञ्जाल फेसबुक एवं ट्विटर प्रयोग गर्दा ध्यान दिनका लागि तालीम आयोजना गरिएको हो ।

दुईदिने उक्त तालीममा १८ प्रदेशसभाका सदस्यहरुको सहभागिता रहेको छ । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले सञ्चार र सामाजिक सञ्जाल व्यक्तित्व विकासको सशक्त माध्यम भएकाले यसको प्रयोग होसियारीपूर्वक गर्नुपर्ने बताए । उनले समाजलाई अग्रगति दिन सबैले सकारात्मक सोच बनाउनुपर्छ भन्दै पत्रकारिता पनि आग्रह वा पूर्वाग्रहबाट चल्न नहुँने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेल, संसदीय पत्रकार मञ्चका अध्यक्ष गणेश लाम्साल, इनोभेटिभ भिजनका अध्यक्ष कृष्णप्रसाद सिग्देल र संसदीय पत्रकार मञ्चका उपाध्यक्ष बाबुराम भण्डारी लगाएतको उपस्थिती रहको थियो ।