भारतले नेपाली भू–भाग आफ्नो नक्सामा राखेर बलमिच्याईं गर्यो, फिर्ता लिएरै छाड्छौं : मन्त्री ज्ञवाली

भारतले नेपाली भू–भाग आफ्नो नक्सामा राखेर बलमिच्याईं गर्यो, फिर्ता लिएरै छाड्छौं : मन्त्री ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर नेपाली भू–भाग आफ्नो नक्सामा जारी गरेको बताएका छन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री ज्ञावालीले भारतले बलमिच्याईं गरेर नेपाली भूभाग आफ्नो नक्सामा पारेको बताउँदै उनले सरकारले भारतसँग उच्चस्तरिय कुटनीतिक छलफल गर्ने बताए ।

‘ऐतिहासिक प्रमाणका आधारमा लिपुलेक–कालापानी–लिम्पियाधुरा नेपालकै भूमि हो, हामीसँग प्रर्याप्त प्रमाण छन्’ उनले भने, ‘यति हुँदाहुँदै पनि भारतले एकपक्षीय रुपमा महाकालीको नयाँ नक्सा जारी गरि आफ्नो नक्सामा नेपाली भूमि राख्नु बलमिच्याइँ हो, त्यसलाई हामीले अस्वीकार गरेका छौं, समस्या सामधान गर्न सरकारले कूटनीतिक र राजनीतिक कदम चाल्छ ।’

विगतका सरकार निरंकुश तानाशाही हुँदा र नेताले सत्तालाई बढी प्रथामिकता दिँदा यस्तो समस्या निम्तिएको उल्लेख गर्दै मन्त्री ज्ञावालीले अहिलेको सरकारले निडर भएर आफ्नो भूमिको सुरक्षा गर्ने समेत उनले बताए । ‘विगतमा सरकार निरंकुश तानाशाही हुँदा र नेताहरुले सत्तालाई बढी प्रथामिकता दिँदा सीमा खुम्च्याउने काम भएको छ । त्यो बेला कूटनीतिक पहल हुन सकेन’, मन्त्री ज्ञावालीले भने, ‘अहिलेको सरकारले राष्ट्रियता, स्वाधिनता र सीमा सुरक्षाको विषयमा निडर भएरअघि बढ्छ, आफ्नो भू–भाग हामी फिर्ता लिएरै छाड्छौं ।’