विमानस्थलबाट कोकिनसहित ब्राजिलियन नागरिक पक्राउ

विमानस्थलबाट कोकिनसहित ब्राजिलियन नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दुई किलो एक सय ग्राम कोकिनसहित ब्राजिलियन नागरिक पक्राउ परेका छन् ।

कतार एयरको उडानबाट नेपाल आएका उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा ७५९३७ नम्बरका राहदानी बोकेका ६१ वर्षीय ब्राजिलियन नागरिक छन् । प्रहरीले उनको नाम भने खुलाएको छैन ।

विमानस्थलमा भन्सार जाँच गर्ने क्रममा उनले बोकेको झोलामा कोकिन भेटिएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।