१८ वर्षीया छोरीको कुमारित्व परीक्षण गराउने यी र्यापर

१८ वर्षीया छोरीको कुमारित्व परीक्षण गराउने यी र्यापर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – यो सुन्दा तपाईलाई अचम्म लाग्न लाग्छ, कि तपाईका बाबुले तपाईको कुमारित्व प्रत्येक वर्ष जाँच गराउनुहुन्छ ! तर यो सत्य हो । अमेरिकाका एक चर्चिर्त यापर एवं नायकले आफ्नी जवान छोरीको हरेक वर्ष कुमारित्व परीक्षण गर्ने गरेका छन् ।

नायक टिआइले एक कार्यक्रममा आफ्नी १८ वर्षिया छोरीको कुमारित्व वर्षको एकपटक परीक्षण गराउने गरेको आफैले खुलासा गरेका हुन् । टिआइको यो सनसनीपूर्ण खुलासा पछि कार्यक्रमका प्रस्तोता अचम्मित भए ।

सुरुमा उनलाई टिआइले ठट्टा गरिरहेको सोचे तर पछि उनी आफ्नो बयानका लागि निकै सिरियस भएको देखिएपछि उनी साँच्चै नै जिल्ल परे । र्यापरका अनुसार जब उनकी छोरी कलेज जान सुरु गरिन् तबदेखि छोरीले आफूसँग यौनसम्बन्धि कुराकानी गर्न सुरु गरेको बताए ।

आफ्नी छोरीको जन्मदिनको भोलिपल्टै छोरीलाई स्त्रीरोग विशेषज्ञकोमा लिएर जाने र सबैकुरा ठिक भए नभएको परीक्षण गर्ने गरेको टिआइले बताए । यद्यपि, यो बयानपछि र्यापरलाई सोसल मिडिया प्रयोगकर्ताले गाली गर्न सुरु गरेका छन् ।