निदान अस्पतालका सिइओसहित ५ जना जेल चलान

निदान अस्पतालका सिइओसहित ५ जना जेल चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली भान्जा बनाई मृगौला तस्करी गरेको आरोपमा पक्राउ परेका ललितपुरस्थित निदान अस्पतालका सिइओ सहित ५ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

नाता नपर्ने व्यक्तिलाई भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको आरोप्मा मंगलबार ललितपुर जिल्ला अदालतको आदेशअनुसार उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति रामेछाप दोरम्बा–३ का शंकर लामा योञ्जन हुन् । मानव बेचविखन मुद्दामा पाँचै जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी गोविन्द थपलियाले जानकारी दिए ।

मिर्गौला किनबेच गरी प्रत्यारोपण गराएको भन्दै प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई गत असोज २९ गते पक्राउ गरेको थियो । उनीहरुलाई मानव बेचविखन तथा ओसारपसरा ऐन अन्तर्गत अनुसन्धान गरी कारबाही प्रक्रियाअघि बढाइएको छ ।