शैक्षिक गुणस्तर जाँच्न विद्यार्थी पढाउँदै भेरीका मेयर

शैक्षिक गुणस्तर जाँच्न विद्यार्थी पढाउँदै भेरीका मेयर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट – भेरी नगरपालिकाको शैक्षिक अवस्था सुधार गरी जिल्लाकै नमूना बनाउने अभियानमा जुटेका नगरप्रमुख चन्द्रप्रकाश घर्ती आफैँ विद्यार्थी पढाउँदै आएका छन् ।

विद्यालय अनुगमण तथा निरीक्षणमा दैनिक जाने नगरप्रमुख घर्तीले विद्यालयको भौतिक संरचना मात्र हेर्दैनन् , विद्यार्थीको सिकाइ उपलब्धि बुझ्न विद्यार्थी पढाउने काम समेत गदै आएका छन् ।

नगर प्रमुख घर्तीले आफ्नो मुलुकको भविष्य बोक्ने कर्णधार बालबालिकाको शिक्षा के कस्तो रहेछ भनी छड्के जाँच गर्दै सिकाइ उपलब्धिसमेत जाँच गर्न आफैँले पढाउने गरेको बताए । विज्ञान र गणितमा राम्रो ज्ञान भएका र अन्तर्रा्ष्टियस्तरको खेलकूदमा छवि बनाएका उनले मावि तहको कक्षा फुर्सद हुने बित्तिकै पढाउने गरेको बताए ।

शिक्षामा लगानी गरेर मात्र नहुने भन्दै घर्तीले भने, ‘निरन्तर खबरदारी, अनुगमण र शिक्षण सिकाइ क्रियाकलाप कस्तो छ भनि अध्ययन गर्नु पनि मुख्य कुरा हो ।’ उनले प्रशिक्षण अनुसारको सुधार भएको छ कि छैन भनि विद्यालयमा दैनिक जाने गरेको बताए। शिक्षालाई प्राविधिसँग जोडेर परिणाममुखी बनाउनुपर्ने उनको भनाइ छ ।

‘हामीले विद्यालयको समस्या विद्यार्थीको मुखबाट सुन्ने हो, कहाँ के समस्या छ भन्ने कुरा, अनि पो सुधार गर्न सजिलो हुन्छ, को शिक्षक कति दिन विद्यालय आउनुभयो, को आउनुभएन र कति पढाइ भयो किताब नहेरी कहाँ थाहा हुन्छ ?’, उनले भने । कक्षामा नगरप्रमुख जान थालेपछि शिक्षक पनि आफ्नो शिक्षणकार्य सुधार गर्नुपर्ने भन्दै सक्रिय भएको विद्यार्थीले बताएका छन् ।

आजभोलि विद्यालयमा शिक्षकले निरन्तर पढाउनुका साथै विद्यार्थीसँग छलफलसमेत बढी नै गर्दै आएको सरस्वती मावि काफलचौरका विद्यार्थी रोशन पुनले बताए । रासस