नेपालको परिवर्तनबारे बंगलादेशका नेताहरुलाई सुनाउने मन छ : अध्यक्ष प्रचण्ड

नेपालको परिवर्तनबारे बंगलादेशका नेताहरुलाई सुनाउने मन छ : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको परिवर्तन चामत्कारिक भएको अनुभूति व्यक्त गरेका छन् ।

नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँगको शिष्टाचार भेटमा बोल्दै अध्यक्ष प्रचण्डले नेपालको जस्तो परिवर्तनको अनुभूति विरलैले गर्न पाउने उल्लेख गर्दै नेपालको राजनीतिक परिवर्तनबारे बंगालदेशका नेताहरूलाई व्याख्या गर्ने आफ्नो इच्छा रहेको बताए ।

‘जनयुद्ध, शान्ति प्रक्रिया र सरकारको नेतृत्व गर्ने अवसरले मलाई चमत्कारको अनुभूति दिलाएको छ,” उनले भने, “यस्तो अवसर राजनीतिमा नेताहरूले विरलै पाउँछन् ।’ राजधानीस्थित होटल म्यारिएटमा भएको भेटका अवसरमा राष्ट्रपति हमिद र प्रचण्डबीच दुईपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल भएको थियो ।