विराटनगर – मोरङको रतुवामाई नगरपालिका–८ दाम्रभिट्टामा गस्तीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने ६ जना पक्राउ परेका छन् ।
बुधबार राति पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका–३ का १९ वर्षीय सुमन कार्की, दिप्सन थापा, २० वर्षीय डुवेन्द्र थापा, शासन कार्की, रतुवामाई ८ का २० वर्षीय रवि पराजुली र रतुवामाई ७ का २० वर्षीय सुजन बस्नेत रहेका छन् ।
वडा कार्यालय अगाडि चउरमा बसेर राति १२ बजेतिर मदिरा सेवन गरिरहेका युवाले गस्तीका प्रहरीमाथि आक्रमण गरेपछि पक्राउ गरिएको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।




प्रतिक्रिया