काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय छापा मारेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले यातायात कार्यालय काठमाडौंमा छापा मारेर घुस लेनदेन गरिरहेको अवस्थामा एकजना अधिकृतसहित पाँचजनालाई पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईले मोटरसाइकल पास गर्न आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत् मोटरसाइकल पास गर्न सहज गरी दिने भनी तीन हजार रुपैयाँ घुस लिएका थिए ।
पक्राउ पर्नेमा घुस लिने शाखा अधिकृत भट्टराई र दिने रिकन्डिसन हाउसका प्रतिनिधिहरु किरण देउला, उत्तमविक्रम शाही, रमेशकुमार केसी खड्का र सुरेश छुस्याकी रहेका छन् ।




प्रतिक्रिया