चर्चित व्यवसायी रुप ज्योतिमाथि मुद्धा नचल्ने, रिहा गर्न आदेश

चर्चित व्यवसायी रुप ज्योतिमाथि मुद्धा नचल्ने, रिहा गर्न आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ठगी अभियोगमा पक्राउ परेका पूर्व राज्यमन्त्री एवं चर्चित व्यवसायी डा. रुप ज्योतिमाथि ठगि मुद्दा नचल्ने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले उनी रिहा हुने बताएको छ । प्रमुख चन्द्रकान्त खनालले ज्योतिमाथि ठगिमा मुद्दा नचल्ने बताए ।

उनीविरुद्ध मुद्धा नचल्ने देखिएको भन्दै सरकारी वकिल कार्यालयले रिहा गर्न महनगरीय प्रहरी परिसर काठमाडौंलाई पत्रचार गरेको छ ।

अब रुपज्योति हाजिरी जवानीमा छुट्ने भएका छन् ।

यसअघि उनको अनुसन्धान फाइल प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो । अनुसन्धानपछि बुझाएको फाइल सरकारी वकिल कार्यालयले अनुसन्धान नपुगेको भन्दै बिहीवार प्रहरीलाई नै फिर्ता पठाएको थियो ।

एक करोड २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि कातिक २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ज्योति पक्राउ परेका थिए । छोरी सुरुचि र दाजु पद्म ज्योति पनि रुपज्योतिसँगै रिहा हुने छन् ।